११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँची आवासीय माबी को ३४औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सागर मरासिनी , सन्धिखर्क
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ०२ मा अवस्थित अर्घाखाँची आवासीय माबी को ३४औं बार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बिधालय ले एक कार्यक्रमका बिच बार्षिक उत्सब सम्पन्न गरेको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर रायमाझिको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि अर्घाखाँची जिल्ला समन्वय समिती का अध्यक्ष जीव नारायण कोइराला र बिशिस्ट अतिथी सन्धिखर्क नगरपालिका का नगर(उपप्रमुख मिश्रा आचार्य रहनु भएको थियो ।

कार्यक्रममा बिधालयले विभिन्न बिधा मा प्रथम , द्वितीय र तृतीय हुने सम्पुर्ण बिद्यार्थी हरुलाई पुरस्कार बितरण समेत गरेको हो । यस्तै बिधालय ले यहि चैत १९,२० र २१ गते अभिभावक लक्षित विभिन्न खेलकुदको समेत आयोजना गरेको र आज उक्त खेलकुदहरुमा प्रथम , द्वितीय र तृतीय हुने अभिभावकहरुलाइ समेत सिल र प्रमाणपत्र ले सम्मान समेत गरेको छ ।

उक्त कार्यक्रममा बिधालय का प्राचार्य चोप नारायण बन्जाडे ले शैक्षिक प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बिधालयका प्रबन्ध निर्देशक श्रीकृष्ण भुसाल को स्वागत मन्तव्य र ध्रुब आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार