१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

काठमाण्डौ ।
सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

आज खान छुटेका बालबालिकालाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

जुकाको औषधि २०५६ सालदेखि खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङक्रमण जोखिम कामयै रहेकाले खोप केन्द्रमा स्वास्थ्यका मापदण्ड पालना गर्न तथा मास्क लगाउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार