२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

पाणिनी गाउँपालिकाले गर्यो उत्कृष्ट शिक्षक, बिद्यार्थी तथा कर्मचारी सम्मान

प्रकाश प्युठानी / पाणिनी न्युज
पाणिनी गाउँपालिकाले आज सेवानिबृत्त शिक्षक, उत्कृष्ट शिक्षक ,उत्कृष्ट बिद्यार्थी, बाल बिकास सहजकर्ता तथा बिद्यालय कर्मचारीहरुलाई सम्मान गरेको छ ।

गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि शिक्षाको बिकासमा शिक्षक तथा कर्मचारीको मनोवल बढाउने उद्देश्यले सम्मान गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको अध्यक्षता  र गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतम र गाउँपालिकाका पुर्ब अध्यक्ष अच्युत गौतम विशिष्ट अथिती रहनु भएको थियो ।गाउँ पालिका कर्मचारी आर सि पौडेल, डम्मर डागीको लगायत अथिती रहनुभएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थि लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका भित्र का सामुदायिक बिद्यालय तर्फ कक्षा ३,५,८,१०,१२ तथा विभिन्न बिधा तर्फका उत्कृष्ट बिद्यार्थिलाई सम्मान कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा का प्रा.स बिरेन्द्र गौतमले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले गर्नु भएको थियो।

कार्यक्रममा बोल्ने बक्ताहरुले पालिकाले शिक्षक तथा बिद्यार्थी र शैक्षिक क्षेत्रका ब्याक्तित्वहरुलाइ सम्मान गरेर शिक्षाको बिकासमा महत्वपूर्ण जिम्मेवारी निभाएको बताएका छन । उनिहरुले शिक्षक कर्मचारिको हौसला बढाएर मात्र शिक्षाको बिकास सम्भव भएको बताउदै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार