परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा भर्खरै सार्वजनिक गरेको छ।
पौने पाँच लाखभन्दा बढी विद्यार्थी यस पटकको परीक्षामा सहभागी भएका थिए।
परीक्षाफल सार्वजनिक भइरहँदा कतिपय विज्ञले केन्द्रीय निकायले कक्षा १० को परीक्षा लिने प्रणाली परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।
अहिलेको संविधानले विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएकाले सोही अनुसार परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनीहरूको मत छ।
कसरी हेर्ने
परीक्षा नियन्त्रण कार्यालयले कक्षा दशको परीक्षा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन मिल्ने जनाएको छ।