नेपाल र केन्याबीचको चौथो टी –२० अन्तर्राष्ट्रिय खेल आज हुँदै

काठमाडौं ।
नेपाल र केन्याबीचको चौथो टी –२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ ।
खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ ।
आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ ।

पाँच खेलको टी२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।

आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार