नवौँ राष्ट्रिय खेलकुदको पोखरामा उद्घाटन

कास्की ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा साथ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज शुक्रवार उद्घाटन भएको छ ।उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले बाजागाजा र झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टोलीले मार्चपाससमेत गरेका थिए । आज औपचारिक उद्घाटन भए पनि केही खेलहरू यसअघि देखिनै सुरु भएका थिए ।

३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । प्रतियोगितामा ६ हजार एक सय ५७ खेलाडीले भाग लिने बताइएको छ ।
प्रतियोगिता झन्डै एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

३६ खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार