ICC U-19 विश्वकप छनोट खेलमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

काठमाण्डाै ।

आईसीसी १९ वर्षमुनिकाे विश्व कप एसिया क्षेत्र छनोटकाे खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कप खेल्न पाउनेछ ।

नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इडेन गार्डेन्समा सुरु हुनेछ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् । यो प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ ।

नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्ने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार