नेपालले आज पपुवा न्युगिनी सँग खेल्दै

काठमाण्डौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज पपुवा न्यु गिनी (पीएनजी)सँग कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पछि खेल्दैछ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपाल दुई खेलका जितबाट टाढा रहेको छ ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गर्दै आइसीसी पुरुष विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लिएको छ।
नेपालले ३४ खेलबाट ३६ अङ्क प्राप्त गरेको छ  । नेपालले आज पपुवा न्युगिनीलाई र आउँदो बिहीवार युएईलाई हराउन सके ४० अङ्कका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार