१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ फाइनलमा

काठमांडौ, माघ १४

साविक विजेता नेपाल पुलिसको चुनौतिलाई समाप्त पार्दै एपीएफ राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर स्थिति त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो ।उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले सबै विकेट गुमाएर ४९.२ ओभरमा मात्र १ सय ७३ रन जोड्यो।

पुलिसका लागि पर्वन सरार्फले ४० रनको योगदान गर्दा, राशिद खान ३४, दिपेन्द्र सिंह ऐरी ३३, अनिल साह २१, र आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए  ।पुलिसलाई सस्तैमा समेट्न भुवन काकीले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २÷२ विकेट लिए आ–आफ्नो नाममा लेखाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभरको समाप्तिमा  ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।

सुरुआती ब्याट्सम्यानले गतिलो स्कोर नगरे पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गरेका थिए । एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन जोड्दा, भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए । सुवास खकुरेल र कमल ऐरीले समान १९÷१९ रन बनाए । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २÷२ विकेट लिए ।

जितसँगै एपिएफ जारी प्रतियोगितामा अपराजित रहँदै अन्तिम दुईमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख पाउने छ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार