२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

नेकपा फुट र आम कार्यकर्तामा छाएको निराशा

नेपाल कम्न्युष्ट पार्टि नेकपा आम पार्टि कार्यकर्ताको मनोविज्ञानलाइ चुनौति दिदै राजनितिक रुपमा विभत्त भैसकेको छ , यद्यपी यो कानुनी रुपमा अनुमोदित हुन बाँकि रहेको छ । खास गरि नेपालको राजनैतिक ब्यवस्था प्रति नै आम जनताले प्रश्न चिन्ह उठाउन सक्ने उत्तिकै सम्भावना रहदा रहदै पनि वैकल्पिक मार्ग के हुन सक्छ भन्नेमा नेकपा कार्यकर्ताहरुको दुविधात्मक धारणा कायम रहेको छ ।
यता तत्काल तिन धारमा देखिएको नेकपा आफ्नो व्यातिगत तथा गुटगत स्वार्थमा लिप्त भएको कुरा हरेक कार्यकर्ताले महशुष गरिसकेका छन् । नेपालको कम्न्युष्ट इतिहासमा कहिल्लै सम्भावना नदेखिएको र कल्पना नगरिएको दुइ सम्भावना बोकेका ठुला कम्न्युष्ट पार्टिको एकतालाइ नेताहरुको बाध्यता भएपनि आम कार्यकर्ताको भावना र समग्र देशको भविस्यका लागि उत्तम मानिएको र जोखिमका विच विश्व कम्न्युष्ट आन्दोलनको उदाहरण मान्न सकिन्थ्यो तर यो एउटा कालखण्डको इतिहास भैसकेको जस्तो देखिएको छ ।
जसरि तत्कालिन माओवादि केन्द्र र एमालेको एकतालाई तोरि र कोदोको संज्ञा दिइएको थियो ठिक त्यसरि नै नभएपनि आ–आफ्नो स्वार्थ परिपुर्तिको नयाँ धुव्रिकरण स्पष्ट देखिएको छ । भोलि जसले आधाकारिकता पाए पनि यो नेपाली कम्न्युष्ट आन्दोलनमा लागेको ब्रेक हो भन्नेमा बुझ्न अब ढिलो गर्नु हुदैन । पुराना र अवसरवादि नेताहरु नै मात्र यसको प्रमुख दोसि होइनन भन्दै गर्दा आम कार्यकर्ता भनिएकाहरु पनि गुट र उपगुटमा बिभाजित भएर उत्सव मनाए जस्तै गरि हुलका हुल भेला भैदिनाले पनि उनिहरुलाई थप पृष्ठपोषण मिलेको हो कि भन्ने लाग्नु स्वभाविक लाग्दछ । अब त सोच्ने बेला आयो कि आम कार्यकर्ता जसले निष्ठाका साथ पद र स्वार्थ भन्दा पनि माथि उठेर आजिवन समर्थन गरिरहे उनिहरुको मनोविज्ञान र उनिहरुमा छाएको निराशाको कारण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार