३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

नेपालले खेल्ने एकदिवसीय र टी(२०) विश्वकप छनोटका सबै खेल इन्टरनेटमार्फत लाइभ हेर्न पाइने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२३ सम्मका एकदिवसीय र टी(२०) विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ। आइसिसीले इभेन्ट र मिडिया कम्पनी आइएमजीसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेपछि कतपिय एसोसिएट देशका खेल इन्टरनेटमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुने भएको छ।

सम्झौताअनुसार अब छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। जसमा ४१ वटा छनोट प्रतियोगिता छन्।आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट, आइसिसी वुमेन्स टी(२०) विश्वकप २०२३ को छनोट र आइसिसी टी(२०) विश्वकप २०२२ को छनोटका खेलहरु आइएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।

प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेल मध्ये १४५ वटा खेल महिलाका हुनेछन्। ती मध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन्। नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग २ का बाँकी खेल पनि अब इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यो प्रतियोगिता आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता हो।

यस्तै नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी टी (२०) वुमेन्स विश्वकप २०२३ को छनोट र आइसिसी टी (२०) विश्वकप २०२२ को छनोट पनि अब इन्टरनेटमार्फत क्रिकेटप्रेमी नेपालीले हेर्न पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार