२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

खेलको नियम र खेलाडिको अनुशासन हामिले पनि पालना गरौ :अध्यक्ष गौतम

माधव बेल्वासे / पाणिनि न्युज डट कम

पाणिनि गाँउपालिका अर्घाखाँचीका अध्यक्ष अच्युत गौतमले खेलका नियम र खेलाडिको अनुशासन राजनितिज्ञहरुका लागि पनि जरुरी भएको बताउनुभएको छ । शुक्रबारबाट दुर्गाफाटमा शुरु भएको दोस्रो वडा स्तरिय भलिवल प्रतियोगिताको उद्यघाटन खेलमा सम्वोधन गर्दै पालिका अध्यक्ष गौतमले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका गौतमले अनुसासन र नियम बिना कुनै पनि कार्य सफल हुन नसक्ने बताउनु भएको हो ।
कार्यत्रममा बोल्दै पालिका उपाध्यक्ष लक्ष्मी गौतमले खेलाडिको वृहत्तर विकासका लागि पालिकाले हरदम सहयोगि भुमिका निर्वाह गर्ने बताउनु भएको थियो । बिशिष्ट अथिति गौतमले खेलबाटनै मानिसको स्वस्थ जिवनको परिकल्पना सार्थक हुने बताउनु भउको थियो ।

यस्तै कार्यक्रको अध्यक्षता गर्नुभएका पाणिनि गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले खेल नै मानिसको स्वस्थताको कारण रहेको बताउदै नियमित रुपमा गरिने खेल अभ्यासबाट खेलाडिको पहिचान मात्र कायम नरहि उसको व्याक्तित्व पनि उदाहरणिय हुने बताउनुभएको थियो । खेलको विकास भए खेलकै विकाशबाट पालिका , जिल्ला र देशलाई विश्वसामु चिनाउन सजिलो हुने पनि प्रमुख घिमिरेले बताउनु भएको थियो ।


यसैगरि गाँउपालिका युवा,शिक्षा तथा खेलकुद शाखाका प्रमुख तेज बहादुर खनालले शिक्षाको विकास पनि खेलकुदकै माध्यमबाट गर्न सकिने बताउदै समाजलाई अनुसाशित बनाउने गतिलो माध्यम नै खेलकुद भएको बताउनु भएको थियो । उहाँले खेलाडिहरुलाइ शुभकामना दिदै निरन्तर अभ्यास यसै क्षेत्रमा भविश्व खोज्ज पनि सुभाmाव दिनुभएको हो ।
कार्यक्रममा पालिका भित्रका वडा अध्यक्षहरु विद्यालयका प्रधानाध्यापहरु, कार्यपालिका सदस्यहरु , पत्रकार र दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उद्यघाटन सत्र कार्यक्रमको संचालन भौतिक पुर्वाधार तथा वातावरण शाखाका इन्जिनियर मोहराज पौडेलले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार