२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

टी–२० शृङ्खलामा भारतको रिर्टन , २२ को बराबरी

अहमदाबादमा खेलिएको चौँथो टी–२० खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले पराजित गरेको छ । जीतसँगै ५ खेलको शृङ्खलालाई भारतले २–२ को बराबरीमा पुर्याएको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो स्वीकारेको भारतीय टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । जवाफमा इङ्ल्याण्डको टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो । अन्तिम २ ओभरमा जीतका लागि इङ्ल्याण्डलाई ३३ रन चाहिएकोमा टोलीले २४ रन मात्र बनाउन सक्यो ।
भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए । उता शार्दूल ठाकुरले ३ विकेट लिँदै इङ्ल्याण्डको टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन् । हार्दिक पाण्डेय र राहुल चाहरले २–२ विकेट लिए । ​इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ तथा जेसन रोयले ४० रनको योगदान दिए । जोफ्रा आर्चरले ४ विकेट लिए ।
भारतले पछिल्लो २ वर्षदेखि टी–२० मा एउटै टोलीसँग लगातार दुई खेल हारेको छैन । पछिल्लो पटक सन् २०१९ मा भारत अस्ट्रेलियासँल लगातार दुई खेलमा पराजित भएको थियो । शृङ्खलाको अन्तिम र निर्णायक खेल २० मार्चमा अहमदाबादमा नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार