त्रीदेशिय कपको उपाधि नेपाललाई

नेपालले त्रीदेशिय कपको उपाधि जितेको छ।
दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २ – १ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि पहिलोपटक जितेको हो।

यसअघि सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेको थियो।
अखिल नेपाल फुटबल संघ एन्फा को आयोजनामा भएको त्रीदेशिय कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक एक गोल गरेका थिए। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

उनले गत शनिबार बंगलादेशविरूद्ध नै डेब्यू गरेका थिए। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो
सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न सकेको थिएन ।

४१ औ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका थिए ।एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु २३ टिमबीच प्रतिस्पर्धा भएको थियो।समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु -२३ टिमलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार