२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

केन्याविरुद्ध नेपालको जित, शृंखलामा २-१ को अग्रता

काठमाण्डौ – केन्यासँगको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चार विकेटको जित निकालेको छ ।

केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाएका हुन ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले एकरएक विकेट लिए ।

यो जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा दुई–एकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार