२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

केन्यासँग नेपालको लज्जास्पद हार २० ओभरमा जम्मा ९४ रन

केन्यासँगको चौथौ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लज्जास्पद हार भएको छ । केन्याले दिएको एक सय दुई रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर जम्मा ९४ रनमात्र बनायो ।

नेपालका लागि रोहित पौडेलले ४७ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।

यसअघि नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

केन्याको यो जितसँगै पाँच खेलको शृङ्खलामा दुई–दुईको बराबरी भएको छ । अब पाँचौँ तथा निर्णायक खेल भोलि मङ्गलवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार