नेपाल र केन्याबीचको पाँचौँ टी–२० क्रिकेट आज

काठमाण्डौ । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने चार बजे सुरु हुनेछ।

पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । हिजो भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भयो ।

केन्यासँगको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार