लामिछाने टिमबाटै निलम्बनमा

काठमाण्डौ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

१७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको हो ।

गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच आज बिहीवार जिल्ला अदालत काठमाण्डौले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएको छ ।

लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका (क्यान) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार