१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

साफ यू–१७ : भारतलाई स्तब्ध पार्दै नेपाल समूह विजेता

काठमाण्डौ – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई  तीन–एक गोल अन्तरले हराएको छ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएको थियो ।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक–एक गोल गरे । भारतका लागि ड्यानी मेतीले गोल गरे । एक–शून्यले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।

यो जितसँगै समूह बि मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेको छ भने भारत दुई खेलमा तीन अङ्क जोड्दै उपविजेतामा चित्त बुझाएको छ । यद्यपि दुवै टोली सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन शून्य गोलले हराएको थियो । दुवै खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार