२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

U-20 एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दै

काठमाण्डौ – बहराइनको शेख अली बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुने U-20 एसिया कप फुटबल छनोट खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

भुटानसँगको खेलमा नेपाल केही सहज अवस्थामा छ । २० वर्षमुनिको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेकोले एसिया कपमा छनोट हुने आशा राखेको बताएका छन् ।

नेपाल रहेको समूहमा भुटानसँगै कतार, बहराइन र बङ्ग्लादेश छन् । नेपालले सोमवार कतारसँग, विहीबार बहराइन र आउँदो हप्ताको आइतवार बङ्ग्लादेशसँग खेल्नेछ । समूह विजेता अर्को वर्ष उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसिया कपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार