काठमाडौं ।
टी–२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्।
खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।
पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो।
पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।
पछिल्ला पाँच टी–२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन्।