१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

किरणको कप्तानीमा नेपालले बङ्ग्लादेशसँग खेल्ने

काठमाण्डौ – भोलि मङ्गलवार हुने बङ्ग्लादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल किरण चेम्जोङको कप्तानीमा खेल्ने भएको छ । आज सोमवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आयोजित प्रि–म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रङ्गशालामा मङ्गलवार बेलुकी ५ बजे हुनेछ ।

सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रूपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रङ्गशालामै मरिसससँग दुई वटा मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किँदा उत्साहित हुँदै किरणले बङ्ग्लादेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे
पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए । उनले नेपाली टोलीको तयारी राम्रो भएको पनि बताएका छन ।
यसअघि एसिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोलीबाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् ।

नेपाल र बङ्ग्लादेशबीच विभिन्न २४ मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएकोमा बङ्ग्लादेशले १२ खेल जितेको छ भने ५ खेल बरारि हुदाँ नेपालले सात खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार