४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भुटान आज खेल्दै

काठमाण्डौ ।
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाण्डौमा सुरु हुँदैछ ।

बेलुका साढे ५ बजे सुरु हुने खेल काठमाण्डौको दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्प्रधा गर्दै छ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् । समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार