काठमाण्डौ ।
साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मङ्गलवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा गोल गरिन् भने अनिताले खेलको ५३ औँ र ८५ औँ मिनेटमा गोल गरेकि हुन् ।
जितसँगै समूह एु मा रहेको नेपालले तीन अङ्क जोडेको छ। नेपालले अब भदौ २७ गते सोमवार श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह बि को दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् ।
साफ महिला च्याम्पियनशिप नेपालको सुखद सुरुवात, भुटान ४–० ले पराजित

तपाईको प्रतिक्रिया