२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश को खेल आज

काठमाण्डौ ।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले बङ्गलादेशसँग प्रतिस्प्रधा गर्दैछ ।

काठमाण्डौ स्थित दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुने खेलमा साफ महिला च्याम्पियनसिपको
इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ ।

यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो ।

साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशले दोस्रो पटक फाइनल खेल्न लागेको हो ।

नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।

आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च हुने आशा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार