४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै

काठमाण्डौ ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ ।

यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् ।
खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए ।
यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए ।
तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।

किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् ।
एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ ।
सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ ।

नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ ।
नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार