२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कप क्रिकेट : बाग्मती र मधेस तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दै

काठमाण्डौ ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज बाग्मती र मधेस प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दैछन् ।

बाग्मती र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा हुने छ भने सुदूरपश्चिम र कर्णालीको खेल मूलपानी मैदानमा हुनेछ ।

दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ । समूह ’ए’ मा रहेको कर्णाली र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा हुनेछन् ।
अहिलेसम्म खेलेको तीन खेलमा तीनैमा हार ब्यहोरेको सुदूरपश्चिम समूहको पुछारमा छ भने दुवै खेलमा दुवै हारेको कर्णाली पुछारभन्दा माथि छ ।

यस्तै,समूह ’बी’ मा रहेको मधेस प्रदेश आज तेस्रो जितको खोजीमा हुनेछ ।
दुई खेलमा दुवै जितेको मधेस प्रदेश समूहको दोस्रो स्थानमा छ । बाग्मतीले अहिलेसम्म तीन खेल खेलेकोमा कुनै पनि जित्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार