२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ८४ रनले पराजित

काठमाण्डौ ।
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई आफ्नै घरेलु मैदानमा ८४ रनले हराएको छ । आज सोमवार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिए । अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायो ।
यूएईका लागि रोहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ नेपालका गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेको हो । दोस्रो खेल पर्सि बुधवार र तेस्रो तथा अन्तिम खेल आउँदो शुक्रवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार