३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

एकदिवसीय शृङ्खला नेपालको पक्षमा

काठमाण्डौ ।
घरेलु मैदानमा भएको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपालले छ विकेटको जित निकालेको छ । आज शुक्रवार भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराए सँगै नेपालले शृङ्खला आफ्नो पोल्टामा पारेको हो ।
यूएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनाउदा उस(का लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।
नेपाल पहिलो खेलमा ८४ रनमा पराजित भएपनि दोस्रो र तेस्रो खेलमा पाएको जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नो जितेको हो । योसँगै नेपालले घरेलु मैदानमा पहिलो पटक शृङ्खला जितेको हो । गएको चैतमा पपुवा न्युगिनीसँगको दुई खेलको एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार