३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

राजनितिक दर्शन र लाेकतन्त्रकाे भविश्य

भविन्द्र घिमिरे / अर्घाखाँची ।

राजनिति त्याे विषय हाे जसले समग्र राज्यकाे परिवर्तन र विकासकाे खाका वाेकेकाे सत्ता प्राप्तिकाे चाहाना राख्दछ ।चाहाना राख्नु साेहि अनुसार विभिन्न दर्शनका आधारमा पार्टि खाेल्नु र सङगठन निर्माण गरि सत्ता प्राप्ति गरि आम रुपमा जनताकाे सेवा गर्नु नै मुख्य उदेश्य हाे ।यहि उदेश्य पुरा गर्न हामि विभिन्न दर्शन र शिद्वान्तमा विभाजित छाै ।
दर्शन अर्थ ज्ञानकाे प्रेम हाे ।ज्ञान अध्यायन ,साधना र अनुभव वाट लिन सकिन्छ ।विश्व जगत ,समाज र परिवार सवै ज्ञानका स्राेत हुन ।
ज्ञान प्राप्ति पछिकेा चरण व्यवहारमा रुपान्तरण हाे ।मानिसकाे ज्ञान जुन रुपकाे छ ।साेहि अनुसारकाे व्यवहार देखाउने गर्छ ।त्यसैले परिवर्तित समाजमा नया नया दर्शन देखा पर्छन ।साेहि अनुसारकाे अाचरण र साेचकाे विकास हुन्छ ।
सवै राजनितिक दलले जनभावना अनुरुप अाफ्नाे व्यवहार र सत्ता सन्चालन गर्छन भन्ने अाम वुझाई छ ।तर व्यवहारमा त्याे देखिदैन ।कारण यहि कि पार्टिकाे नेतृत्व र साेचले त्याे पार्टिकाे रणनिति ,गतिविधि याेजना वन्छन ।त्यसैले पार्टिकाे नेतृत्व सहि हुनुपर्छ ।
पुराना दलहरुकाे शामन्ति साेच र व्यवहारले आज नया रानितिक शक्तिकाे उदय भैरहेकाे छ ।
अव जनताकाे भावना भाैतिक विकासमात्र रहेन ।विकासकाे तरिका र विकासवाट जनजिविकामा जनताकाे आर्थिक समुन्नतिका याेजना सगै अाउनु पर्छ ।शिक्षा ,स्वास्थ राेजगारि तथा अार्थिक उपार्जनका कुरा सगै जनप्रतिनिधिले जनसम्पर्क र जनभावना अनुरुप याेजनामा ध्यान दिनु पर्छ ।त्यसाे भयाे भने मात्र जनतन्त्रकाे आभास आम नागरिकले लिनेछन।यसैले नै लाेकतन्त्रकाे आगामि भविश्य निर्धारण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार