२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

नेपालसामु नामिबियाको दुई सय ७६ रनको लक्ष्य, नेपालले जवाफि ब्याटिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनको लक्ष्य दिएको छ ।

वान्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनायो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चौका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकोल लोफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए ।
अहिले नेपालले जवाफि ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले २ विकेट गुमाएर ९ दशमलव ३ ओभरमा २५ रन बनाएर खेलिरहेको छ ।

नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २२ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा छ भने नामिबिया २९ खेलमा ३५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । ३१ खेल खेलेको स्कटल्यान्ड ४४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार