२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

नेपाल टी २० लिग तेस्रो पटक सर्यो , शनिवार देखि शुरु हुने

काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने जानकारी गराएको छ ।

यसअघि शुक्रबारदेखि हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले १ दिन सार्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । नेपाल टी–२० लिगको मिति अहिलेसित तेस्रोपल्ट सारिएको हो । यसअघि असोज ८ र मंसिर २६ गतेको मिति सारेर पुस ८ गतेदेखि सञ्चालन गर्ने भनिएको थियो ।

तर, विदेशी खेलाडीको श्रम स्वीकृतिलगायत केहि व्यवस्थापकीय काम नसकिएका कारण एक दिन सार्नुपरेको हो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सन्चालन अधिकार पाएको यो प्रतियोगिता सुरुदेखि नै विवादमा छ ।

प्रतियोगितामा ६ वटा शहरका नामबाट निर्माण गरिएको फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुने क्यानले यस अघि नै जानाकारि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार