१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

जनकपुरलाई ६ रनले स्तब्ध पार्दै लुम्बिनी NPL T20 क्रिकेट लिगको फाइनलमा

जनकपुरको फाइनल प्रवेशको सम्भावना भने जिवितै

काठमाण्डौ ।
लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले स्तब्ध पार्दै लुम्बिनी उपाधि नजिकै पुगेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समि उल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई / दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई / दुई विकेट लिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने भने जिवितै रहेको छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाण्डौ नाइट्स र विराटनगर सुपर किङ्ग्सबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । इनिमिनेटरको विजेता फाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार