१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

नेपाल टी–२० क्रिकेट लिगमा आज पनि दुई खेल हुँदै

काठमाण्डौ ।
नेपाल टी–२० क्रिकेट लिगमा आज पनि दुई वटा खेल हुँदैछन् ।पहिलो खेलमा आज विराटनगर सुपर किङ्ग्स र काठमाण्डौ विच हुनेछ । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

विराटनगरले यसअघिका ६ मध्ये २ वटा खेलमा जितेको छ भने विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा छ । ६ खेलमा ३ जित निकालेको काठमाण्डौ ६ अंकसहित तेस्रो स्थानमा छ ।
७ खेल खेलेको लुम्बिनी ६ वटा जितेर १२ अंकका साथ तालिकाको र्शीषस्थानमा छ । समान खेलमा ५ वटा जितेको जनकपुर १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । पोखरा चौथो र फार वेस्ट पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार