२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

NPL T-20 प्रिमियर लिग क्रिकेट : लुम्बिनी शीर्ष स्थानमा

काठमाण्डौ ।
NPL T-20 प्रिमियर लिग क्रिकेटअन्तर्गत आज मङ्गलवारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएको छ ।

लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले समान २६ २६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन बनाए । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए ।

आजको जितसँगै लुम्बिनी आठ खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहदा समान खेलमा १० अङ्क जोडेको जनकपुर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार