१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

NPL T20 लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

काठमाडौं ।
नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स भिड्ने भएका छ ।

मंगलबार, आज सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट पक्का गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान निश्चित गरेको थियो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६८ रनको लक्ष्य पछ्याएको जनकपुर इनिङ्सको पाँच बल अगावै १२८ रनमा समेटियो । जनकपुरका लागि चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए । उनले ४७ बलमा ६ चौका प्रहार गरे ।
बलिङतर्फ विराटनगरका कियोन जोसेपले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले समान २–२ विकेट लिए । हुसेन तलात र सुर्य तामाङले १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

उसका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

कप्तान रोहित पौडेल ४ बलमा १ रन बनाउँदै समिमुल्लाह सेनवारीको बलमा सराफउद्धिन असरफको हातबाट क्याच आउट भए । हुसेन तलात २१ बलमा ३१ रन बनाउँदै क्याच भए । राज ननन् १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर रनआउट भए ।

विवेक कुमार यादव ७ बलमा ६ रन बनाउँदै क्याच आउट भए । अमर रौतेला ६ र पृथु बास्कोटा २ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए । सराफउद्धिन असरफ, समिमुल्लाह सेनवारी र ललित राजवंशीले समान १–१ विकेट लिए । विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार