१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीका उत्तम थापा मगर यू–१९ पुरूष विश्वकप एसिया छनोट खेलका लागि रास्ट्रीय टोलिमा

यूएईमा हुने आईसीसी यू–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्घाखाँचीका उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार वैकल्पिक खेलाडी समावेश छन्।
टिममा देव खनाल र गुलशन झासहित दुर्गेश गुप्ता, अर्जुन कुमाल, दिपक बोहरा, हेमन्त धामी, उत्तम थापा मगर, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। वैकल्पिक खेलाडीमा तुलबहादुर थापा, प्रज्ज्वल थापा, राजेश यादव र निर्मल थापा छन्।

एसिया डिभिजन एक छनोटमा नेपालले हङकङ, यूएई, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार