साफ यू–२० महिला फुटबल : पहिलो खेलमा नेपाल पराजीत

काठमाडौं ।
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग हार ब्यहोरेको छ ।
शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन् । मस्ट अक्लिमा खातुनले एक गोल गरिन् ।

नेपालका मनमाया दमाइले एक गोल गरिन् । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार