२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

नेपाल – स्कटल्यान्ड प्रतिस्पर्धा आज

काठमाण्डाै ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल आज बिहान ९ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ।

सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ।
घरेलु मैदानमा हुने प्रतिस्पर्धामा नेपाललाइ जितको दवाब हुनेछ । नामिबियासङ्गको खेलमा ब्याटिङ सुधारेको नेपालले आजको खेलमा पनि नतिजा आफ्नो पक्षमा पार्न उत्कृष्ट प्रदर्शनलाई कायम राख्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार