मेसीले जिते फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन्।

गएराति एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षिय अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले अवार्ड हात पारेका हुन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो।

अवार्ड विजेता मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए।

फिफाका सदस्य राष्ट्र, प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता छनोट गरिएको फिफाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार