१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

नेपालको चौथो खेल आज मलेसियाविरुद्ध

युनाइटेड अरब इमिरेट्स (यूएई)मा चलिरहेको आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले चौथो खेलमा आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

जारी प्रतियोगितामा नेपालले खेलेको सबै तीन खेलमा विजय हालिस गरेको थियो । मलेसियाले भने एक खेलमात्र जितेको छ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित यूएई गएको नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई, शनिबार सम्पन्न दोस्रो खेलमा कुवेतलाई र सोमबार सम्पन्न तेस्रो खेलमा हङकङलाई हराएको थियो । मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा हुनेछ ।

मलेसिया पहिलो खेलमा युएईसँग र दोस्रो खेलमा सिंगापुरसँग पराजित भएको थियो भने तेस्रो खेलमा कुवेतलाई पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार