१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

तेस्रो पिपलनेटा भलिबल प्रतियोगिता फागुन १९ देखि २२ सम्म ढाकाबाङ्गमा हुने

अनिल नेपाली
अर्घाखाँची १६ फागुन

“पिपलनेटा बजार विकास संस्था“ भुमिकास्थान नगरपालिका १ र २ द्वारा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता फागुन १९ गतेदेखि २२ गतेसम्म हुने भएको छ “खेलाडीलाई मान होईन सम्मान खेलकुद्ध शान होईन हाम्रो पहिचान” भन्ने मुल नारा सहित खुल्ला भलिबल प्रतियोगिता यही फागुन १९ गते देखि २२ गतेसम्म भुमिकास्थान नगरपालिका –१ पिपलनेटामा हुने भएको हो । प्रत्येक बर्ष भलिबल प्रतियोगिता पिपलनेटा बजार विकास संस्थाद्धारा आयोजना हुने गर्दछ । सस्थाले बीगत दुई बर्ष अगाडि देखि खेल क्षेत्रको विकास प्रबद्र्धन गर्नको लागि भनी उचित पुरस्कार रासी सहित खेलको आयोजना गर्ने गरेको छ जसमा आयोजकले टिम दर्ताका लागि २५०० सय तोकेको छ भने टिम दर्ता १९ गते बिहान १० बजेसम्म गर्न सक्ने आयोजकले जनाएको छ ।
जसमा प्रथम पुरस्कार रु. ७१००० मेडल ट्रफि र प्रमाणपत्र ,द्वितीय पुरस्कार रु. ५१००० मेडल ट्रफि र प्रमाणपत्र ,तृतीय पुरस्कार रु. ३१००० मेडल ट्रफि र प्रमाणपत्र उत्कृष्ट खेलाडी पुरस्कार रु. ३५०० उत्कृष्ट अनुशासन पुरस्कार रु ३५०० उत्कृष्ट पत्रकार पुरस्कार रु ३५०० पाउने आयोजकले जनाएको छ , टिम दर्ताको लागि निम्न न ९८५७०८४१२९ ,९८४७४१२१९७, ९८४४९१७७०६ रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार