२ असार २०८१, आइतवार
२ असार २०८१, आइतवार

त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपाल – पपुवा न्युगिनीको खेल आज

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले लज्जास्पद पराजय भोगेको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार यूएईसँग हुनेछ ।

३० खेलबाट जम्मा २८ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ । साथै एकदिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार