२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

चौथो अर्घाखाँची प्रीमियर लिग (APL) आजबाट सुरु

क्रीकेट खेलले जिल्ला, प्रदेश, नेपाललाई विश्वसमक्ष चिनायो : जीवनारायण कोइराला

हरि कुँवर, अर्घाखाँची
अर्घाखाँची क्रीकेट संघको चौथो अर्घाखाँची प्रीमियर लिग (APL) सन्धिखर्कमा सुरु भएको छ ।

चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको जिल्ला समन्वय समिति (जिसस)का प्रमुख जीवनारायण कोइरालाले ब्याटिङ गरेर उद्घाटन गरि क्रीकेट खेलले जिल्लामा जन्मिएका खेलाडीले जिल्ला प्रदेश नेपाललाई विश्वसमक्ष चिनाएको बताए । खेलाडीको प्रसंशा गर्दै खेलले मानिसलाई शारिरीक र मानसिक स्वास्थ्य राख्नुका साथै नियमित र परिश्रमी बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले प्रतियागिताकाे सफलता सँगै सहभागी सबै खेलाडीलाई शुभकामना समेत दिएका थिए ।
“स्वास्थ्यका लागि खेलकुद, रास्ट्रको लागि खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुल नारा सहित खेलमा करिब १५ लाख खर्च हुने बेस्ट बलर बेस्ट ब्याटिङ बेस्ट रनर लगायत विभिन्न विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको अर्घाखाँची क्रीकेट संघका अध्यक्ष ऋषि भट्टराईले बताए । जिल्ला देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउनको लागि ए पि एलले महत्वपूर्ण भूमिका खेलेको बताए । प्रथम पुरस्कार १लाख १ हजार रहने दोस्रो पुरस्कार ५१ हजार ट्रफी मेडल प्रमाणपत्र रहने छ ।

प्रतियोगीतामा पुष्प वारीयर्स, रोयल सन्धिखर्क, रोयल खाँचीकोट भगवति र इलाभेन ब्रदर्श डिभर्ना टिमको सहभागिता रहने छ्न ।

उद्घाटन कार्यक्रम अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराइको अध्यक्षता र खेलकुद महासंघ इन्चार्ज बिष्णु परियारको सञ्चालनमा सम्पन्न भएको हो।

यस अघिका दुई संस्करण अर्घाखाँची क्रीकेट एकेडेमीले आयोजना गरेको भएपनि २०७५ मङ्सिर ११ देखि जिल्लामा अर्घाखाँची क्रीकेट संघ गठन गरिएपछी जिल्ला क्रिकेट संघ दोस्रोपटक जिम्मेवारी लिएको छ। पहिलो संस्करणको उपाधी त्रिभुज कार्कीको कप्तानीमा रहेको सुपर सुपा ११ र दोश्रो संस्करण जगत क्षेत्रीको कप्तानीमा रहेको रोयल सन्धिखर्कले जितेको थियो भने
तेस्रो संस्करणको खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले उपाधी जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार