ICC विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज UAe VS PNG

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज यूएई र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ ।

यूएई र पीएनजीको खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । हिजो भएको खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । जितसँगै नेपालको ३३ खेलमा ३४ अङ्क छ । नेपाल पाँचौँ स्थानमा छ।

यूएई ३२ खेलमा ३१ अङ्ककासाथ छैटौँ र पीएनजी ३३ खेलमा ९ अङ्ककासाथ पुछारमा रहेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार