१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

युएईलाई हराउँदै ओडिआइ मान्यता पक्का गर्ने योजनामा नेपाल

काठमाडौं
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० बाट टियु क्रिकेट मैदान काठमाडौंमा हुनेछ।
घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराएर आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।
नेपालले यदि युएईलाई हराउन सकेमा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ । बाँकी दुवै खेलमा पराजित भएपनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै ओडिआई मान्यता पक्का गर्ने हुनेछ ।

उता युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा हुनेछ । युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालसँग पराजित भएमा ओडिआई मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्नेछ । नेपालसँग पराजित हुँदा ओडिआई बचाउन युएईले बाँकी दुई खेलमा अप्रत्याशित फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार