४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

बुटवलमा पहिलो पटक ‘गल्स अन ह्वील्स’ प्रतियोगीता

बुटवल फागुन
राउन्ड टेवल नेपालको आयोजनामा पहिलो पटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगीता आयोजना हुने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा यहि चौत ४ गते आयोजना हुने प्रतियोगीतमा ६० वटा स्कुटरमा १२० जना महिलाहरुको सहभागीता हुने छ । कार्यक्रमबाट महिला शशक्तिकरणको गतिलो नतिजा प्रर्दशन गरिने केन्द्रीय अध्यक्ष राहुल अग्रवाले बताएका छन् ।

महिला सशक्तीकरणको योगदान दिने उदेश्यका साथ यो प्रतियोगीता आयोजना गर्न लागिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए । कार्यक्रम संयोजक सुमित वझाका अनुसार यो कार्यक्रम ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना हुने छ । प्रतियोगीताहरु बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अत्मीम विन्दुमा पुग्ने उत्कृष्ठ ३ सहित सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगीतामा सहभागी सबैलाई टिकट बापतको गिफ्ट ह्याम्पर पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगीतमा मुख्य प्रयोजकको रुपमा प्याडलिक्स प्याडले सहयोग गरेको छ भने ध्वनी सप र डेल्टा टायरले समेत सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार