११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

ओडिआइ वरीयतामा नेपालको क्रमिक सुधार

काठमाण्डाै
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले क्रमिक सुधार गरेकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले फेरि एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लेको छ ।
नेपालले ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएकाे हाे । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेकाे हाे । नेपालले लिग–२ काे पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दा एकदिवसीय वरीयतामा नेपाल एक महिनामै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेकाे हाे ।

एकदिवसीय वरीयतामा नेपालभन्दा पछि ओमान १६ औँ, नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्यु गिनी २० औँ स्थानमा छ । नेपालभन्दा अघि ११ औँ स्थानमा आयरल्यान्ड, १२ औँ स्थानमा स्कटल्यान्ड, १३ औँ स्थानमा जिम्बावे र १४ औँ स्थानमा नेदरल्यान्ड्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार