माधव बेल्वासे / अर्घाखाँची ।
पाणिनी गाउँपालिका वडा न. ७ मा संचालित प्रथम वडाध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी साविकको ५ न. वडा झन्द्रेकले हात पारेको छ ।
कप जिते सङ्गै ५ न. वडाले नदग सात हजार सहित सिल्ड मेडल र प्रमाणपत्र पनि हात पारेको छ ।
आज सम्पन्न खेलमा २-१ को सेटमा वडा न. ८ लाई पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो ।
दोस्रो स्थान हात पारेको वडा न. ८ ले नगद ५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र पनि हात पारेको छ ।
यस्तै तृतीय स्थानमा चित्त बुझाएको वडा न. ३ ले ३ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र पनि हात पारेको छ ।
यस्तै बिधालय स्थरिय प्रतियोगितामा शिवमदन माध्यमिक बिधालय प्रथम, बिद्द्या बिनोद दोस्रो र जनसेवा माध्यमिक बिधालयले तेस्रो स्थान हात पारेको छ ।
बिधालय तर्फ पनि प्रथम , दोस्रो र तेस्रो हुनेलाइ क्रमशः ७ हजार, ५ हजार र ३ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेका छन ।
७ न. वडा कार्यालयको बिनियोजोत बजेटबाट संचालित बजेटबाट एटम मिडिया प्रा.लिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
स्थानीय स्तरबाट नै खेलकुदको बिकासमा यस्ता प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने भन्दै खेलाडिले वडा कार्यलयलाइ धन्यवाद ब्याक्त गरेका छन ।
पुरस्कार बितरण गर्दै वडा अध्यक्ष गुनाखर अधिकारीले खेल र खेलाडीको बिकासका लागि वडा कार्यालयले हर सम्भव ककोशिश गर्ने भन्दै बिजेता खेलाडिलाइ बधाइ तथा शुभकामना ब्याक्त गर्नुभएको छ ।
अधिकारीले सहभागी सम्पुर्ण टिमलाइ थप तयारी गर्दै आगामी दिनमा उचाई चुम्न सफल हुन समेत सुवेक्षा प्रकट गर्नुभयो ।
कार्यक्रम एटम मिडियाका का.बा. अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यता र खेलकुद संयोजक गोबिन्द पौडेलको संचालनमा सम्पन्न भएको हो ।