११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

एसिया कप क्रिकेटको सुपर चारमा पाकिस्तान ले भारतलाई हरायो

काठमाण्डौ । थुप्रै भारतिय समर्थकलाई स्तब्ध पार्दै एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको छ । गएराति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

पाकिस्तानका लागि मोहमद रिजवनले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेल्दा मोहमद नवाजले ४२, आशिफ अलिले १६, फकर जमानले १५ तथा कप्तान बाबर आजम र खुस्दिल शाहले १४ रन जोडेका थिए ।

भारतका भुवनेश्वर कुमार, अश्रदीप सिंह, रवि बोस्नोई, हार्दिक पाण्डय र युजभेन्द्र चाहलले १ ,१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान रोहित शर्मा र केएल राहुलले समान २८,२८ रन बनाए ।

दीपक होडाले १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए । पाकिस्तानका शादव खानले २ विकेट लिए भने नसीम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १,१ विकेट लिए । जितसँगै पाकिस्तानले सुपर चारमा २ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार